१ इतिहास 28:8 - पवित्र बाइबल8 दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “यसकारण तिमीहरू त्यस सुन्दर देशका अधिकारी हुन सक, र त्यो तिमीहरूको पैतृक-सम्पत्तिझैँ तिमीहरूपछि तिमीहरूका सन्तान-दरसन्तानलाई दिन सक भनेर सारा इस्राएल र परमप्रभुका समुदायको सामुन्ने र हाम्रा परमेश्वरले सुन्ने गरी होशियारीसँग परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्न भनी म तिमीहरू सबैलाई हुकुम गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “र अब हे मेरा प्रजा हो, हाम्रा परमेश्वर र सारा इस्राएल अर्थात् परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गरेका सबै कुरा होशियारीसित पालन गर र यो सुन्दर देश तिनीहरूकै अधीनमा रहिरहोस् र आउने पुस्ता-पुस्तासम्म सदासर्वदा यो तिमीहरूले तिनीहरूलाई छोडिराख्न सक।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण अब तिमीहरूलाई सारा इस्राएल र याहवेहको समुदायको दृष्टिमा, साथै हाम्रा परमेश्वरले सुन्ने गरी म यो जिम्मा दिँदैछु: तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू होसियारीसाथ पालन गर्नू; ताकि तिमीहरूले यो असल देशमाथि अधिकार गर्न सक, र यस देशलाई सदाका निम्ति तिमीहरूका सन्तानका निम्ति उत्तराधिकारको रूपमा सुम्पन सक। Viz kapitola |