Online Bible

- Reklamy -




१ इतिहास 28:4 - पवित्र बाइबल

4 “परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो। उहाँले नेतृत्‍व गर्न यहूदालाई चुन्‍नुभयो, र यहूदाका घरानाबाट मेरा पिताको परिवारलाई चुन्‍नुभयो। मेरा पिताका छोराहरूमध्‍ये उहाँले सारा इस्राएलमाथि मलाई नै राजा तुल्‍याउन उहाँलाई असल लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभु इस्राएलका परमेश्‍वरले म र मेरा सन्‍तानलाई इस्राएलमा राज्‍य गर्न चुन्‍नुभयो। उहाँले यहूदा कुलबाट अगुवाहरू जुटाउने प्रबन्‍ध गर्नुभयो र यहूदाबाट मेरा बुबाको परिवारलाई त्‍यसको निम्‍ति चुन्‍नुभयो। त्‍यस परिवारबाट मलाई लिई सारा इस्राएलका राजा बनाउन उहाँले इच्‍छा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर याहवेह इस्राएलका परमेश्‍वरले मेरा सारा परिवारबाट मलाई इस्राएलमाथि सदाका निम्ति राजा हुनलाई चुन्‍नुभयो र उहाँले यहूदाको घरानाबाट मेरो परिवारलाई चुन्‍नुभयो। मेरा पिताका छोराहरूबाट सारा इस्राएलमाथि मलाई राजा बनाउन उहाँले इच्छा गर्नुभयो।

Viz kapitola kopírovat




१ इतिहास 28:4

Následuj nás:

Reklamy


Reklamy