१ इतिहास 28:21 - पवित्र बाइबल21 यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 परमप्रभुको मन्दिरका सबै सेवा गर्न पूजाहारी र लेवीका दल-दलहरू तयार छन्। तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कारीगरको सहायता तिमीलाई मिल्नेछ। अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पूजाहारी र लेवीहरूको मन्दिरमा गर्नुपर्ने कामहरू तिनीहरूलाई खटाइएका छन्। सबै प्रकारका सीप भएका काम गर्ने मानिसहरू तिमीलाई सहायता गर्न उत्सुक छन् र तिनीहरूका अगुवाहरू तिम्रा आज्ञा मान्न तयार छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 परमेश्वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।” Viz kapitola |