१ इतिहास 28:1 - पवित्र बाइबल1 दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले यरूशलेममा इस्राएलका सबै अधिकारहरू— कुल-कुलमाथिका अधिकृतहरू, राजाको सेवामा लाग्ने दल-दलमाथिका सेनापतिहरू, हजार र सयका सेनापतिहरू, अनि राजा र तिनका छोराहरूका सबै सम्पत्ति र गाई-गोरुको जिम्मा लिने अधिकारीहरू, महलका अधिकृतहरू, योग्य-योग्य पुरुषहरू र सबै वीर-वीर योद्धाहरूलाई भेला गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएलका सबै अधिकृतहरूलाई दाऊद राजाले यरूशलेममा भेला हुने आज्ञा दिए। यसकारण कुल-कुलका अधिकृतहरू, राज्यका शासनभार लिएका भारदारहरू, गोत्र-गोत्रका अगुवाहरू, राजा र राजकुमारहरूका सम्पत्ति र गाई-वस्तुका रेख-देख गर्ने अधिकारीहरू, राजमहलका सबै भारदारहरू, प्रमुख योद्धाहरू र वीर मानिसहरू यरूशलेममा भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदले इस्राएलका सबै अधिकृतहरू: कुलहरूमाथिका अधिकारीहरू, राजाको सेवामा रहेका दलहरूका सेनापतिहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू, राजा र तिनका छोराहरूका सम्पत्ति र गाईबस्तुका अधिकारीहरू, साथै महलका अधिकृतहरू, वीर मानिसहरू र सबै वीर लडाकुहरूलाई यरूशलेममा भेला गरे। Viz kapitola |