१ इतिहास 27:25 - पवित्र बाइबल25 यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएः अज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा स-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 राजाका भण्डारहरू अदीएलका छोरा अज्मावेतको जिम्मामा थिए। देशका, सहरहरूका, गाउँहरूका र किल्लाहरूका भण्डारहरू उज्जियाहका छोरा जोनाथनको जिम्मामा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25-31 राजकीय सम्पत्ति शासन गर्नेहरूको सूची यस प्रकार थियो: राजकीय भण्डारहरू— अदीएलका छोरा अज्मावेत स्थानीय भण्डारहरू— उज्जियाहका छोरा जोनाथन खेतीकिसान गर्नेहरू— कलूबका छोरा एस्री दाखबारी हेर्नेहरू— रामाका शिमी दाखमद्यका घ्याम्पा हेर्नेहरू— शेपेमका जब्दी जैतुन र नेभाराका रूख हेर्नेहरू (पश्चिम डाँडाका फेदीहरूमा)— गेदेरका बाल-हानान जैतुनका तेलका भण्डारहरू— योआश शारोनका मैदानका गाई-वस्तुहरू— शारोनका शित्रै बेसीका गाई-वस्तुहरू— अदलैका छोरा शाफात ऊँटहरू— इश्माएली ओबील गधाहरू— मेरोनोतका येहदयाह भेडा-बाख्राहरू— हग्री याजीज। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अदीएलका छोरा अज्मावेत, राजकीय भण्डारहरूका जिम्मामा थिए। उज्जियाहका छोरा जोनाथन, ग्रामीण जिल्लाहरूमा, सहरहरूमा, बस्तीहरूमा र धरहराहरूमा रहेका भण्डारहरूका जिम्मामा थिए। Viz kapitola |