१ इतिहास 27:1 - पवित्र बाइबल1 यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक बर्ष एक महीना काम गर्थे। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 इस्राएलीहरूको सूची— अर्थात् परिवार-परिवारका मुखियाहरू र हजार र सयका सेनापतिहरू, आफ्ना अधिकृतहरूसमेत, जसले सेनाका भागहरूका सम्बन्धमा वर्षभरि महिना-महिनामा राजाको सेवा गर्थे— प्रत्येक विभागमा २४,००० जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 राज्यको शासनभार सम्हाल्ने इस्राएली भारदारहरू, परिवार र गोत्रहरूका प्रधान अगुवाहरू यी नै थिए। वर्षभरि हरेक महिनामा चौबीस हजार पुरुषहरूको भिन्दा-भिन्दै दलले राज्यको कार्यभार सम्हाल्थे। त्यस महिनाको लागि दलको एक जना प्रधान अधिकारी हुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 इस्राएलीहरूको सूची यही हो—परिवारहरूका अगुवाहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू र तिनीहरूका अधिकारीहरू, जसले वर्षको हरेक महिना पालैपालो सेनाका दलहरू सम्बन्धित सबै कुरामा राजाको सेवामा गर्थे। प्रत्येक सैनिक दलमा 24,000 सेनाहरू थिए। Viz kapitola |