१ इतिहास 23:24 - पवित्र बाइबल24 यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस बर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्तान, आ-आफ्ना परिवारका मुखियाहरू, बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्दिरमा सेवा गर्थे, तिनीहरू यस्तै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यिनीहरू गोत्र-गोत्र र परिवार— परिवारअनुसार र नाम लेखिए बमोजिम लेवीका सन्तान थिए। बीस वर्ष वा त्यसभन्दा बढी उमेर भएका लेवीका यी सन्तानले परमप्रभुको मन्दिरको सेवाकार्यमा एउटा न एउटा भाग लिनुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो। Viz kapitola |