१ इतिहास 23:13 - पवित्र बाइबल13 अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदा-सर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अम्रामका छोराहरू: हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उनका जेठा छोरा अम्राम, हारून र मोशाका बुबा थिए। (हारून र उनका सन्तानलाई सदासर्वदाको लागि पवित्र सामानको रेख-देख गर्न, परमप्रभुको आराधनामा धूप बाल्नु उहाँको सेवा गर्न र उहाँको नाममा मानिसहरूलाई आशीर्वाद दिन अलग गरिएको थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अम्रामका छोराहरू: हारून र मोशा। हारूनचाहिँ अलग गरिएका थिए; हारून र तिनका सन्तानहरूलाई सधैँका निम्ति अति पवित्र चीजहरू अर्पण गर्न, याहवेहको सामु भेटीहरू चढाउन, उहाँको सामु सेवा गर्न र सधैँका निम्ति उहाँको नाममा आशिष् दिनलाई अलग गरिएका थिए। Viz kapitola |