१ इतिहास 22:19 - पवित्र बाइबल19 अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाइ खोज्न आफ्नो तनमन लगाओ। उहाँको पवित्रस्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र भाँड़ाकुँड़ाहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अब आफ्ना सारा मन र प्राणले परमप्रभु आफ्ना परमेश्वरको सेवा गर। मन्दिर बनाउन सुरु गर र त्यसमा परमप्रभुको करारको सन्दुक र उहाँलाई पुज्दा प्रयोग गरिने सबै पवित्र थोकहरू राख।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अब तिमीहरूका हृदय र आत्मालाई याहवेह तिमीहरूका परमेश्वरलाई खोज्नमा लगाओ। याहवेह परमेश्वरको पवित्रस्थानको निर्माण गर्न सुरु गर, ताकि याहवेहको नामको खातिर बनिने मन्दिरभित्र याहवेहको करारको सन्दुक र परमेश्वरका पवित्र चीजहरू तिमीहरूले ल्याउन सक।” Viz kapitola |