१ इतिहास 22:18 - पवित्र बाइबल18 दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “के परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्न? के उहाँले तिमीहरूलाई चारैतिर शान्ति दिनुभएको छैन? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मेरो अधीनमा राख्नुभएको छ। उनीहरू परमप्रभु र उहाँका प्रजाको अधीनमा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले भने, “परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित रहनुभएको छ र सबैतिर तिमीहरूलाई शान्ति दिनुभएको छ। यस देशमा बास गर्ने सबै मानिसहरूमाथि उहाँले मलाई विजय दिनुभयो र अब तिनीहरू तिमीहरू र परमप्रभुको अधीनमा भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 दावीदले तिनीहरूलाई भने, “के याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्न र? अनि के उहाँले तिमीहरूलाई चारैतिरबाट विश्राम दिनुभएको छैन र? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मकहाँ सुम्पनुभएको छ; अनि यो देश, याहवेह र उहाँका प्रजाहरूका अधीनमा रहेको छ। Viz kapitola |