१ इतिहास 22:11 - पवित्र बाइबल11 दाऊदले यो पनि भने, “अब छोरा परमप्रभु तेरो साथ रहुन्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “अब हे मेरो छोरो सोलोमन, परमप्रभु तँसँग रहून्। तैंले नै बनाउनुपर्छ भनी उहाँले भन्नुभएअनुसार तेरो उन्नति होस्, र तैंले परमप्रभु तेरा परमेश्वरको घर बना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दाऊदले अरू भने, “मेरो छोरो, अब परमप्रभु तिम्राहरूका परमेश्वर तिमीसित होऊन् र उहाँको निम्ति एउटा मन्दिर बनाउन तिमीलाई सफल तुल्याउने उहाँको प्रतिज्ञा पूरा गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “अब हे मेरो छोरा, याहवेह तँसँग रहून्, र तँलाई सफलता मिलोस्; अनि उहाँले भन्नुभएजस्तै तैँले याहवेह तेरा परमेश्वरको भवन बनाउनू। Viz kapitola |