१ इतिहास 21:26 - पवित्र बाइबल26 दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 त्यसैमा तिनले होमबलि र मेलबलि चढ़ाए, र परमप्रभुका नाउँको पुकारा गरे। अनि परमप्रभुले स्वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यहाँ उनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होमबलि र मेलबलि चढाए। उनले प्रार्थना गरे र परमप्रभुले वेदीमा चढाइएका बलिहरू भस्म पार्न स्वर्गबाट आगो पठाउनुभयो र त्यसरी उत्तर दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यहाँ दावीदले याहवेहका निम्ति एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए। तिनले याहवेहलाई पुकारे; तब याहवेहले होमबलिको वेदीमा स्वर्गबाट आगो बर्साएर दावीदलाई जवाफ दिनुभयो। Viz kapitola |