१ इतिहास 21:23 - पवित्र बाइबल23 ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाईं मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अरौनाले दाऊदलाई जवाफ दिए, “त्यो लिनुहोस्, र महाराजालाई जस्तो इच्छा लाग्छ, गर्नुहोस्। होमबलिको निम्ति यहाँ गोरुहरू छन्, दाइँका काठहरू दाउराको निम्ति र गहूँ अन्नबलिको निम्ति छन्। म सबै थोक तपाईंलाई दिँदैछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “राजा, लिनुहोस्, खला तपाईंकै हो,” अरौनाले भने, “र आफूले इच्छा गरेअनुसार गर्नुहोस्। यो वेदीमा होमबलि गर्न यी गोरुहरू छन्, आगो बाल्न यी खलाका फल्याकहरू छन् र भेटी चढाउन गहुँ छन्। यी सबै म तपाईंलाई टक्र्याउँदछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अरौनाले दावीदलाई भने, “हजुरले यो खला लिनुहोस्! अनि मेरा मालिक राजालाई जे असल लाग्छ, त्यही गर्नुहोस्। म होमबलिहरूका निम्ति गोरुहरू, दाउराका निम्ति दाइँ गर्ने काठहरू, र अन्नबलिको निम्ति गहुँ दिनेछु; म यी सबै चीजहरू दिनेछु।” Viz kapitola |