Online Bible

- Reklamy -




१ इतिहास 21:17 - पवित्र बाइबल

17 दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईंका मानिसहरूलाई मारिरहेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अनि दाऊदले परमेश्‍वरलाई भने, “लड़ाकू मानिसहरूको गन्‍ती लिनलाई मैले पो हुकुम दिएको थिएँ। मैले पो पाप गरेको थिएँ। मैले पो दोष गरेको थिएँ। तर ती बिचरा भेड़ाहरूले के गरेका थिए र? हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंको हातको प्रकोप म र मेरो घरानामाथि परोस्, तर यो विपत्ति तपाईंको प्रजामाथि नपरोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाऊदले प्रार्थना गरे, “हे परमेश्‍वर! दोषी म हुँ। जनगणना होस् भनी आज्ञा गर्ने म हुँ। यी बिचराहरूले के गरे र? परमप्रभु, मेरा परमेश्‍वर, म र मेरा परिवारलाई दण्‍ड दिनुहोस्, आफ्‍ना प्रजालाई छोडिदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 दावीदले परमेश्‍वरलाई भने, “के लडाकु मानिसहरूको गन्ती लिनु भनेर आदेश दिने म होइन र? म गोठालोले पाप गरेको हुँ, र मैले नै गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। यिनीहरूले के गरेका छन् र? हे याहवेह मेरा परमेश्‍वर, तपाईंका हातका विपत्ति म र मेरा परिवारमाथि परोस्, तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नपरोस्।”

Viz kapitola kopírovat




१ इतिहास 21:17

Následuj nás:

Reklamy


Reklamy