१ इतिहास 21:16 - पवित्र बाइबल16 दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूईँ छुनेगरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मास्तिर हेर्दा दाऊदले परमप्रभुका स्वर्गदूतलाई स्वर्ग र पृथ्वीका बीचमा आफ्नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब दाऊद र धर्म-गुरुहरू भाङ्ग्रा लाएर भूइँमा घोप्टो परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दाऊदले स्वर्गदूतलाई हातमा तरवार लिई यरूशलेम नाश गर्न तयार भई बीच आकाशमा उभिरहेका देखे। तब दाऊद र अगुवाहरूले भाङ्ग्रा लाएर भूइँमा घोप्टो परी ढोगे र मुखले भूइँ छोए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 दावीदले आफ्ना आँखा मास्तिर उठाउँदा याहवेहका ती दूतले हातमा थुतेको नाङ्गो तरवार यरूशलेममाथि पसारेर स्वर्ग र पृथ्वीको बीचमा उभिरहेका देखे। तब दावीद र प्रधानहरू भाङ्ग्रा लगाएर भुइँतिर घोप्टो परे। Viz kapitola |