१ इतिहास 20:1 - पवित्र बाइबल1 बसन्त ऋतुमा, योअबले इस्राएलका सैनिकहरूलाई युद्धमा लगेर गए। यो बर्षको त्यो समय थियो जब राजाहरू युद्धमा जान्थे, तर दाऊद यरूशलेम मै बसे। इस्राएलका सैनिकहरू अम्मोन देशमा गए अनि त्यसलाई ध्वंश पारे। त्यस पछि तिनीहरू रब्बा शहरमा गए। सैनिकहरू शहरको चारैतिर छाउनीमा तिनीहरू जानबाट रोक्नलाई मानिसहरूलाई शहरको भित्र वा बाहिर त्यहाँ बसे। योआब अनि इस्राएलका सेना रब्बा शहरको विरूद्ध त्यसलाई ध्वंश नपारून्जेल सम्म लडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बसन्त ऋतु लाग्दा जब राजाहरू लड़ाइँ गर्न जान्थे, तब योआबले सेना लिएर अम्मोनीहरूको देशलाई उजाड़ पारे, र रब्बा सहरमा गएर त्यसलाई घेरा हाले। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। योआबले त्यस सहरलाई ध्वंस गरेर धूलोपीठो पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अर्को बसन्त ऋतुमा जब राजाहरू लडाइँमा जाने समय आयो, योआबले सेना लिएर गए र अम्मोन देशमाथि आक्रमण गरे। दाऊद राजाचाहिँ यरूशलेममा नै बसे। तिनीहरूले रब्बा सहरलाई घेरे, त्यसमाथि हमला गरे र त्यसलाई ध्वस्त पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बसन्त ऋतुमा जब राजाहरू युद्ध गर्न निस्कन्थे, तब योआबले हतियारधारी दलहरूको नेतृत्व गरे। तिनले अम्मोनीहरूको देशलाई सखाप पारे। अनि रब्बा सहरमा गए, र त्यस सहरलाई घेरा हाले; तर दावीदचाहिँ यरूशलेममै बसे। योआबले रब्बामाथि आक्रमण गरेर त्यसलाई ध्वस्त पारे। Viz kapitola |