१ इतिहास 19:6 - पवित्र बाइबल6 अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जब अम्मोनीहरूले आफूहरूलाई दाऊदको दृष्टिमा घृणित तुल्याएछौं भनी थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्यालामा ल्याउन एक हजार तोड़ा चाँदी पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब हामी दाऊदका आँखाका कसिङ्गर बनियौं भनी हानून राजा र अम्मोनीहरूले बुझे। यसकारण तिनीहरूले माथिल्लो अराम-नाहारैम र अराम-माका र सोबा भन्ने अरामी देशहरूबाट रथ र सारथीहरू भाडामा ल्याउन चौँतीस हजार किलोग्राम चाँदी ज्याला पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब अम्मोनीहरूले आफूहरू दावीदको दृष्टिमा घृणित भएको थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नहरैम, अराम-माका र सोबाबाट रथहरू र घोडचढीहरू भाडामा लिनलाई एक हजार टालेन्ट चाँदी पठाए। Viz kapitola |