१ इतिहास 19:3 - पवित्र बाइबल3 तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन्। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब अम्मोनी भारदारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई मान गरेका हुन् भनी के तपाईं सम्झनुहुन्छ? तपाईंको देश कसरी नाश गर्न भनी जान्न पठाएका दाऊदका यी मानिसहरू त तिनका जासूसहरू होइनन् र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अम्मोनी अगुवाहरूले आफ्ना राजालाई भने, “के दाऊदले आफ्नो दु:ख प्रकट गर्न तपाईंको बुबाको सम्मान्मा यी मानिसहरूलाई पठाएका हुन् भनी सोच्नुहुन्छ? त्यो हुँदै होइन! तिनले त हामीलाई अधीन गर्न तिनीहरूलाई पठाएका हुन्! जासूस बनाई जाँचबुझ गर्न पठाएका हुन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब अम्मोनी भारदारहरूले हानूनलाई भने, “के तपाईं दावीदले तपाईंकहाँ सहानुभूति दर्शाउन मानिसहरू पठाएर तपाईंका पितालाई सम्मान दिइरहेका छन् भनी ठान्नुहुन्छ? होइन, तिनका मानिसहरू यस देशको भेद लिन र यस देशलाई परास्त गर्नलाई तपाईंकहाँ आएका हुन्।” Viz kapitola |