१ इतिहास 19:16 - पवित्र बाइबल16 अरामी प्रधानहरूले देखे कि इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे। यसर्थ तिनीहरूले यूफ्रेटिस नदीको पूर्वतिर बसेका अरामी मानिसहरूबाट सहायता पाउनका निम्ति दूतहरू पठाए। शोपक अरामका हदर-एजेरका सेनापति थिए। शोपकले ती अन्य अरामी सैनिकहरूको पनि अगुवाइ गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अरामीहरूले “हामी त इस्राएलीहरूद्वारा परास्त भएका छौं” भनी देखेर यूफ्रेटिस नदीको पारिबाट हददेजेरका सेनापति शोपकको अधीनमा भएका अरू अरामीहरूलाई बोलाइपठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 इस्राएलीहरूसँग आफूले हारेको अरामीले थाहा पाए। तिनीहरूले यूफ्रेटिस नदीको पूर्व किनारमा भएका अरामी देशहरूबाट सेना ल्याए र तिनीहरूलाई सोबाका राजा हददेजेरका सेनापति शोपकका अधीनमा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब अरामीहरूले आफूलाई इस्राएलद्वारा परास्त गरिएको देखे, तब तिनीहरूले दूतहरू पठाएर अरू अरामी सेनाहरूलाई यूफ्रेटिस नदी पारिबाट झिकाए। त्यसको नेतृत्वचाहिँ हददेजेरको सेनाको सेनापति शोपकले गरिरहेका थिए। Viz kapitola |