१ इतिहास 18:4 - पवित्र बाइबल4 दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनकिहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि अपाङ्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइराखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उनीबाट दाऊदले एक हजार रथ, सात हजार सारथिहरू र बीस हजार पैदल सिपाहीहरू कैद गरे। तिनले एक सय घोड़ाबाहेक अरू सबै रथका घोड़ाहरूका खुट्टाका नशा काटिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनका एक हजार रथ, सात हजार घोडचढी सैनिक र बीस हजार पैदल सेना दाऊदले कब्जा गरे। एक सय रथलाई पुग्दो गरी घोडाहरू राखेर अरू सबै उनले खोरन्डा बनाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए। Viz kapitola |