१ इतिहास 18:10 - पवित्र बाइबल10 यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले यसो गरे किन भने दाऊद हदर-एजेरका विरूद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अघि तोऊसँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि काँसाद्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब दाऊदले हददेजेरलाई लड़ाइँमा जितेको कारण तिनलाई अभिवादन र बधाई दिन उनले आफ्ना छोरा हदोरमलाई दाऊद राजाकहाँ पठाए, किनभने हददेजेर र तोऊका बीचमा युद्ध चलेको थियो। हदोरमले आफूसँग सुन, चाँदी र काँसका सबै किसिमका भाँड़ाहरू ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण तिनले आफ्नो छोरो हदोरमलाई दाऊद राजालाई अभिवादन गर्न र हददेजेरलाई जितेका निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरसित धेरैपल्ट लडाइँ गरेका थिए। हदोरमले दाऊदकहाँ सुन, चाँदी र काँसाका कोसेलीहरू ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब तिनले आफ्नो छोरा हदोरामलाई दावीदले हददेजेरमाथि विजय पाएकोमा दावीदलाई बधाई दिन भनी पठाए; किनभने हददेजेर तोऊसँग युद्ध लडिरहेका थिए। हदोरामले सबै प्रकारका सुन, चाँदी र काँसाका चीजहरू दावीद राजाकहाँ ल्याए। Viz kapitola |