१ इतिहास 17:9 - पवित्र बाइबल9 म यो भूमि मेरो इस्राएली मानिसहरूलाई दिरहेकोछु। म उनिहरूलाई यस भूमिमा स्थापना गर्नेछु अनि तिनीहरू त्यहाँ बस्नेछन्। कसैले तिनीहरूलाई दिक्दारी दिनेछैन। नराम्रा मानिसहरूले तिनीहरूलाई चोट पुर्याउने छैनन्। जसरी तिनीहरूले पहिले गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तोक्नेछु। त्यहीँ म तिनीहरूलाई बसाल्नेछु र तिनीहरू आफ्नै देशमा बस्नेछन्। तिनीहरूलाई अब उप्रान्त दु:ख दिइनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9-10 मैले आफ्नो इस्राएल प्रजाको निम्ति एउटा ठाउँ छानेर तिनीहरूलाई त्यहाँ राखेको छु। त्यहाँ कसैको सतावट नखपी तिनीहरू बास गर्नेछन्। तिनीहरू यस देशमा प्रवेश गरेदेखि यस्ता दुष्ट मानिसहरूले तिनीहरूलाई हमला गरेका छन्; तर अब उसो फेरि त्यस्तो हुनेछैन। तेरा सबै शत्रुहरूको हार गराउने र तेरो सन्तान खडा गर्ने प्रतिज्ञा म गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि म मेरो जाति इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्, जसरी विगतमा तिनीहरूले गरेका थिए, Viz kapitola |