१ इतिहास 17:5 - पवित्र बाइबल5-6 इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्। जब म इस्राएलका चारैतिर विभिन्न स्थानमा घुमिरहेथें। त्यसबेला कुनै पनि ती अगुवाहरूलाई मैले कहिले पनि भनिन किन तिमीहरूले मेरो निम्ति देवदारू काठको मन्दिर निर्माण गरेनौ?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि यसो आजको दिनसम्म म कहिल्यै घरमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पालसम्म सर्दैबस्दैआएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मैले मिश्रबाट मेरा इस्राएली प्रजालाई उद्धार गरी लिइआएका दिनदेखि म कहिल्यै मन्दिरमा बसेको छैनँ। म सधैँ पालमा बसेको छु र एक ठाउँबाट अर्को ठाउँ सर्दै बसेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले इस्राएललाई इजिप्टबाट ल्याएको समयदेखि आजको दिनसम्म म कुनै भवनमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पाल र एउटा वासस्थानदेखि अर्को वासस्थानमा सर्दैआएको छु। Viz kapitola |