१ इतिहास 17:27 - पवित्र बाइबल27 त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैंले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यो सधैँ तपाईंको सामु रहिरहोस् भनी आफ्नो दासको घरानालाई आशिष् दिनु तपाईंलाई इच्छा भयो। किनकि तपाईंले नै त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदासर्वदै आशिषित हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मेरा सन्तानलाई आशीर्वाद दिनुहोस् र तिनीहरूले तपाईंको सामुन्ने कृपा पाइरहून् भनी म तपाईंलाई बिन्ती गर्दछु। परमप्रभु, तपाईंले तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूमाथि सदासर्वदा तपाईंको आशिष् रहनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्न हुनुभएको छ; ताकि यो तपाईंको दृष्टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।” Viz kapitola |