Online Bible

- Reklamy -




१ इतिहास 17:21 - पवित्र बाइबल

21 इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन। पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता महान कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेश बाहिर निकाल्नुभयो अनि तपाईले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईले आफैं स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईले तपाईका मानिसहरूका अघि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 र तपाईंको प्रजा इस्राएललाई चाहिँ कोसँग तुलना गर्न सकिन्‍छ र? दासत्‍वबाट मुक्त गरेर आफ्‍नो प्रजा बनाउनलाई परमेश्‍वर स्‍वयम्‌ आउनुभएको पृथ्‍वीमा अरू कुनै जाति छ र? तपाईंले महान्‌ र भयानक कार्यहरूद्वारा मिश्रदेशबाट मुक्त गर्नुभएको आफ्‍नो प्रजाको अगि जाति-जातिहरूलाई धपाएर आफ्‍नो निम्‍ति ख्‍याति राख्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 पृथ्‍वीमा अरू कुनै जाति इस्राएलजस्‍तो छैन, जसलाई तपाईंले आफ्‍ना निज प्रजा बनाउन कमारा-कमारीको अवस्थाबाट उद्धार गर्नुभयो। तिनीहरूको निम्‍ति तपाईंले गर्नुभएका महान् र उदेकका कामहरूले तपाईंको नाम संसारभरि फैलाउँदछन्। तपाईंले आफ्‍ना प्रजालाई मिश्रदेशबाट उद्धार गर्नुभयो र तिनीहरू अघि बढेर जाँदा अरू जातिहरूलाई धपाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्‍वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरूलाई धपाएर तपाईंले महान् र अद्‌भुत कार्यहरू गर्नुभयो।

Viz kapitola kopírovat




१ इतिहास 17:21

Následuj nás:

Reklamy


Reklamy