१ इतिहास 16:5 - पवित्र बाइबल5 आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्याली बजाउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आसापलाई तिनीहरूका मुखिया र जकरियालाई तिनका सहायक खटाए। यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल वीणा बजाउनलाई खटिए। आसाप झ्याम्टा बजाउने भए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल, शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे। Viz kapitola |