१ इतिहास 14:11 - पवित्र बाइबल11 तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिश्ती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बाँधबाट पानी छुट्छ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्नु भयो। परमेश्वरले मेरो माध्यमबाट यसो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसैले दाऊद र तिनका मानिसहरू उक्लिगए र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर जिते। दाऊदले भने, “नदीले त्यसको किनार भत्काएझैँ परमेश्वरले मद्वारा मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काइदिनुभयो।” यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम राखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दाऊदले तिनीहरूलाई बालपराजीममा हमला गरे र जिते। उनले भने, “शत्रुका सेना नाश पार्न परमेश्वरले मलाई बाढीजस्तै प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँको नाम बाल-पराजीम भएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण दावीद र तिनका मानिसहरू बाल-पराजीममा गए। अनि त्यहाँ तिनले तिनीहरूलाई जिते। तिनले भने, “बाँध फुटेर ओइरिएको पानीझैँ, परमेश्वरले मलाई मेरा शत्रुहरूको विरुद्धमा जाइलाग्न प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो। Viz kapitola |