१ इतिहास 14:10 - पवित्र बाइबल10 दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गरौं? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?” परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरू माथि बिजय गराउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसैकारण दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईं उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुन्छ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म उनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई हमला गरूँ? के तपाईंले मलाई विजय दिनुहुन्छ?” परमप्रभुले उत्तर दिनुभयो, “अँ, हमला गर्! म तँलाई विजय दिनेछु!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण दावीदले परमेश्वरसँग यसो भन्दै सल्लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “जा, म तिनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” Viz kapitola |