१ इतिहास 13:2 - पवित्र बाइबल2 तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाइहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाइहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब तिनले इस्राएलका जम्मै समुदायलाई भने, “यदि तपाईंहरू सम्मति दिनुहुन्छ, र यदि परमप्रभु हाम्रा परमेश्वरले बाटो खोलिदिनुभयो भने, हामी इस्राएलका सबै इलाकाहरूमा बाँकी रहेका हाम्रा कुटुम्बहरू र तिनीहरूका सहर र चरनहरूमा बस्ने पूजाहारी र लेवीहरूलाई हामीसँग मिल्न आऊन् भनी समाचार पठाऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसपछि उनले इस्राएलका सबै मानिसहरूलाई यो घोषणा गरे, “यदि तिमीहरू राजी छौ र परमप्रभु हाम्रा परमेश्वरको पनि त्यस्तै इच्छा छ भने लौ हामी हाम्रा बाँकी देशवासीहरूकहाँ र सहर-सहरका पूजाहारी र लेवीहरूकहाँ खबर लाने मानिसहरू पठाऔं र सबैलाई यहाँ हामीसित एक ठाउँमा भेला हुन बोलाऔं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसपछि तिनले इस्राएलका सारा समुदायलाई भने, “यदि तपाईंहरूलाई असल लाग्यो, र याहवेह हाम्रा परमेश्वरको इच्छा यही हो भने हामी इस्राएलको प्रान्तभरि टाढा वा नजिक रहेका हाम्रा बाँकी दाजुभाइहरूकहाँ र तिनीहरूसँग तिनीहरूकै नगर र खर्कहरूमा रहेका पुजारीहरू र लेवीहरूलाई हामीकहाँ आउन र हामीसँग सामेल हुन खबर पठाऔँ। Viz kapitola |