Online Bible

- Reklamy -




१ इतिहास 12:8 - पवित्र बाइबल

8 गाद कुल समूहका एक भाग दाऊदसँग मरुभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 गादका कुनै-कुनै मानिसहरू पनि उजाड़-स्‍थानमा भएको गढ़ीमा दाऊदसँग मिल्‍न आए। तिनीहरू वीर-वीर मानिसहरू र युद्धको निम्‍ति तयार भएकाहरू थिए, जसले ढाल बोक्‍न र भाला चलाउन सक्‍थे। तिनीहरू सिंहझैँ भयानक र पहाड़हरूमा चाहिँ हरिणझैँ तेजिला थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 दाऊद मरुभूमिको किल्‍लामा छँदा तिनका दलमा मिल्‍न आउने गाद-वंशी प्रसिद्ध र अनुभवी सिपाहीहरूका नाम यी हुन्। तिनीहरू ढाल र भाला चलाउन सिपालु, सिंहजस्‍ता डरलाग्‍दा र पहाडी हरिणजस्‍ता छिटा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 केही गादीहरू दावीदसँग मिल्न भनी उजाडस्थानमा भएको गढमा तिनीकहाँ आए। तिनीहरू बहादुर योद्धाहरू थिए, लडाइँ गर्न तयार रहेका ढाल र भाला चलाउन सक्ने योद्धाहरू थिए। तिनीहरूका अनुहार सिंहका अनुहारझैँ र तिनीहरू पहाडहरूका घोरलहरूझैँ फूर्तिला थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:8

Následuj nás:

Reklamy


Reklamy