Online Bible

- Reklamy -




१ इतिहास 12:18 - पवित्र बाइबल

18 अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो। “दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।” यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यसै बेलामा ती तीस जनामध्‍येका प्रधान अमासैलाई आत्‍माले प्रेरणा दिनुभयो, र तिनले यसो भने, “हे दाऊद, हामी तपाईंतर्फ छौं! हे यिशैका छोरा, हामी तपाईंका साथ छौं! तपाईंलाई सफलता, सफलता, र तपाईंका सहायकहरूलाई सफलता, किनभने तपाईंका परमेश्‍वर नै तपाईंका सहायक हुनुहुन्‍छ।” यसैकारण दाऊदले तिनीहरूलाई स्‍वागत गरे, र आफ्‍ना लूटपीट गर्ने दलहरूका अगुवा तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तीमध्‍ये अमासैलाई परमेश्‍वरको आत्‍माले अधीन गर्नुभयो र उनले जोडसित भने, “यिशैका छोरा दाऊद, हामी तपाईंतिर छौं! तपाईं र तपाईंका सहायकहरूलाई सफलता प्राप्‍त होस्! परमेश्‍वर तपाईंपट्टि हुनुहुन्‍छ!” पछिबाट अमासै ‘तीस जना मुख्‍य’ का अगुवा भए। दाऊदले तिनीहरूलाई स्‍वागत गरे र आफ्‍नो सेनामा अधिकृत बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब ती तीस जनाका मुखिया अमासैमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनले भने: “हे दावीद, हामी तपाईंका हौँ! हे यिशैका छोरा, हामी तपाईंकै साथमा छौँ! शान्ति र सफलता तपाईंकै होस्, अनि तपाईंलाई सहायता गर्नेहरूको पनि सफलता होस्; किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गर्नुहुनेछ।” यसकारण दावीदले तिनीहरूलाई ग्रहण गरे, र तिनीहरूलाई आफ्ना लुटपाट गर्ने सेना दलहरूका अगुवाहरू बनाए।

Viz kapitola kopírovat




१ इतिहास 12:18

Následuj nás:

Reklamy


Reklamy