Online Bible

- Reklamy -




१ इतिहास 12:17 - पवित्र बाइबल

17 दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 दाऊद तिनीहरूलाई भेट्‌न बाहिर निस्‍केर भने, “यदि तिमीहरू मलाई सहायता गर्न शान्‍तिमा आएका हौ भने मतर्फ लाग, र म तिमीहरूलाई स्‍वागत गर्नेछु। तर यदि म कुनै हत्‍याको दोषी नहुँदै पनि तिमीहरू धोकाबाजी गरेर मलाई मेरा शत्रुहरूका हातमा दिन आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो हेरेर न्‍याय गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाऊद तिनीहरूलाई भेट्‍न आए र भने, “यदि तिमीहरू मलाई सहायता गर्न मित्रभावमा आएका हौ भने यहाँ तिमीहरूलाई स्‍वागत छ। हामीसित मिल! तर मैले तिमीहरूलाई केही दु:ख दिने चेष्‍टासम्‍म नगरे तापनि यदि तिमीहरू धोका दिएर मलाई शत्रुका हातमा दिन चाहन्‍छौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले त्‍यो जान्‍नुहुनेछ र तिमीहरूलाई दण्‍ड दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 दावीद तिनीहरूलाई भेट्न बाहिर निस्केर आए, र तिनीहरूलाई भने, “यदि तिमीहरू मकहाँ मिलापको लागि र मेरो सहायताको लागि आएका हौ भने म तिमीहरूसँग मिलाप गर्न तयार छु; तर म निर्दोष हुँदा-हुँदै पनि तिमीहरूले मलाई धोका दिएर मेरा शत्रुहरूको हातमा सुम्पनलाई आएका हौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो कुरा देखून्, र तिमीहरूको न्याय गरून्।”

Viz kapitola kopírovat




१ इतिहास 12:17

Následuj nás:

Reklamy


Reklamy