१ इतिहास 12:15 - पवित्र बाइबल15 गाद कुल समूहका मानिसहरू सैनिक थिए जो बर्षको पहिलो महीना यर्दन नदी पारी जान्थे। त्यो बर्षाको समय थियो जब यर्दन नदीमा बाढी आइरहेथ्यो। तिनीहरूले बेंसीहरूमा बस्ने सबै मानिसहरूलाई खेदी पठाए। तिनीहरूले ती मानिसहरूलाई पूर्व र पश्चिम तिर खेदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा जब यर्दन नदी त्यसका सबै किनारसम्म बढ़ेर भरिएको थियो तब यर्दन तरेर त्यसका पूर्व र पश्चिमका बेँसीहरूमा बस्ने सबै मानिसहरूलाई भगाएर धपाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 पहिलो वर्षको पहिलो महिनामा यर्दन नदीमा बाढी आएर दुवै किनार पानीले भरिएका बेलामा तिनीहरूले नदी पार गरे र नदीका पूर्व र पश्चिमका बेसीहरूमा बास गर्ने मानिसहरूलाई छरपष्ट पारेर धपाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा यर्दन नदी तरेका थिए; जुन बेला नदीको पानी किनारसम्मै उर्लेर आएको थियो। अनि यिनीहरूले नै पूर्व र पश्चिमतिर बेँसीहरूमा बसेका सबै मानिसहरूलाई भगाएका थिए। Viz kapitola |