Online Bible

- Reklamy -




१ इतिहास 11:23 - पवित्र बाइबल

23 अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसँग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहुरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँठ्याए र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनले पाँच हात अल्‍गो एक मिश्री राक्षसलाई मारे, जसको भाला कपड़ा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो। यिनी एउटा लाठो लिएर लड्‌न गए, र त्‍यस मिश्रीको हातबाट त्‍यसकै भाला खोसेर त्‍यही हतियारले तिनले त्‍यसलाई मारेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उनले ठूलो जिउ भएको दुई मिटरभन्दा अग्‍लो एउटा मिश्रीलाई पनि मारे। त्‍यस मिश्रीका हातमा एउटा असाध्‍यै लामो भाला थियो। बनायाहले हातमा एउटा लाठो लिएर त्‍यसमाथि हमला गरे, मिश्रीका हातबाट भाला खोसे र त्‍यसैले त्‍यसलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनि तिनले पाँच क्यूबिट अग्लो एक जना इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा तान बुन्‍ने डण्डाजस्तो एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे।

Viz kapitola kopírovat




१ इतिहास 11:23

Následuj nás:

Reklamy


Reklamy