१ इतिहास 11:22 - पवित्र बाइबल22 यहोयादाका छोरा, बनायाह शक्तिशाली मानिस थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुइजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूईँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यहोयादाका छोरा कब्सेलका बनायाह धेरै वीरताका काम गर्ने एक वीर योद्धा थिए। मोआबका दुई वीर लड़ाकू मानिसहरूलाई मार्ने तिनी नै थिए। हिउँ परेको दिन एउटा खाड़लभित्र पसेर तिनले एउटा सिंहलाई मारेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 कब्सेलका यहोयादाको छोरो बनायाह एउटा नामी योद्धा थिए। उनले वीरताका धेरै काम गरे, उनले दुई जना ठूला मोआबी योद्धाहरूलाई समेत मारेका थिए। एक चोटि हिउँ परेको दिनमा उनले एउटा खाडलभित्र पसेर एउटा सिंहलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे। Viz kapitola |