Online Bible

- Reklamy -




१ इतिहास 10:4 - पवित्र बाइबल

4 तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्। अनि तिनीहरू आउँदा मलाई लज्जित बनाउने छैनन्।” शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैंलाई मार्न आफ्नै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसैले शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्‌, र यी खतना नभएकाहरूले मलाई पक्रेर मलाई तमाशा नबनाऊन्‌।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँटै गरेन। यसकारण आफ्‍नो तरवार थुतेर शाऊल त्‍यसमाथि उनिएर मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍ना हतियार बोक्‍ने ठिटालाई उनले भने, “तेरो तरवार थुतेर मलाई मार्‌ र साँचो ईश्‍वर नमान्‍ने यी पलिश्‍तीहरूले मेरो तमाशा हेर्न नपाऊन्।” तर त्‍यो केटो त्‍यसो गर्न डरायो। यसकारण शाऊलले आफ्‍नो तरवार थुते र त्‍यसमाथि आफैं रोपिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।

Viz kapitola kopírovat




१ इतिहास 10:4

Následuj nás:

Reklamy


Reklamy