सपन्याह 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, र एउटै मनले उहाँको सेवा गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस बेला देश-देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून् र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “तब म जाति-जातिका मानिसहरूको मनमा परिवर्तन ल्याउनेछु र तिनीहरूले मलाई मात्र बिन्ती गर्नेछन् र अरू देवताहरूलाई बिन्ती गर्नेछैनन्। तिनीहरू सबैले मेरा आज्ञापालन गर्नेछन्। Viz kapitolaपवित्र बाइबल9 त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्। Viz kapitola |