Online Bible

- Reklamy -




जकरिया 9:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ। तिनीहरूले नाश गर्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूले परास्त गर्नेछन्। तिनीहरूले पिउनेछन् र मद्य पिएझैँ गर्जनेछन्; तिनीहरू वेदीका कुनाहरूमा राखिएका ठूला-ठूला छर्कने कचौराजस्तै भरिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। तिनीहरूले शत्रुलाई सर्वनाश पार्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूद्वारा तिनीहरूलाई पराजय गर्नेछन्‌। तिनीहरूले दाखमद्य पिउनेछन्‌ र लागेझैँ गर्जनेछन्‌। तिनीहरू वेदीका कुना-कुनामा छर्कने ठूलो बटुका भरिएझैँ हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सर्वशक्तिमान् परमप्रभुले आफ्‍ना प्रजाको रक्षा गर्नुहुनेछ र तिनीहरूले आफ्‍ना शत्रुहरूलाई नाश पार्नेछन्। मतवालाझैँ तिनीहरूले लडाइँमा सोर मच्‍चाउनेछन् र बलि चढाएको पशुको रगत ठूलो कचौराबाट वेदीमा खनाएर बगेझैँ शत्रुको रगत तिनीहरूले बगाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्। उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्, यो दाखरस जस्तै बग्नेछ। यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।

Viz kapitola kopírovat




जकरिया 9:15

Následuj nás:

Reklamy


Reklamy