जकरिया 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, म तेरा छोराहरूलाई, ग्रीसका छोराहरूको विरुद्धमा सुर्याउनेछु; अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यहूदालाई योद्धाको धनु र एफ्राइमलाई काँडजस्तो गरी म चलाउनेछु। ग्रीस देशका मानिसहरूका विरुद्धमा लडाइँ गर्न म सियोनका मानिसहरूलाई तरवारझैँ चलाउनेछु।” Viz kapitolaपवित्र बाइबल13 यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु। एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु। सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु। Viz kapitola |