जकरिया 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यहूदाको निम्ति चौथो, पाँचौँ, सातौँ र दसौँ महिनाका उपवासहरू आनन्दमय, हर्षमय र सुखमय चाडहरू हुनेछन्। यसैकारण सत्यता र शान्तिलाई प्रेम गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा हुने उपवासहरू यहूदाको निम्ति रमाहट, खुशीका समय र आनन्दका चाड़हरू हुनेछन्। यसैकारण तिमीहरू सत्य र शान्ति रुचाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा राखिने उपवासहरू यहूदाका मानिसहरूको निम्ति हर्ष र आनन्दका चाडहरू हुनेछन्। तिमीहरूले सत्य र सुख-शान्तिलाई प्रेम गर्नैपर्छ।” Viz kapitolaपवित्र बाइबल19 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन हर्ष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।” Viz kapitola |