जकरिया 8:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिमीहरूमाथि विपत्ति ल्याउने र अलिकति पनि दया नदेखाउने अठोट गरेको थिएँ।” सेनाहरूका याहवेह भन्नुहुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “जसरी तिमीहरूका पिता-पुर्खाले मलाई रीस उठाउँदा तिनीहरूलाई विपत्ति ल्याउने अठोट गरेथें र मैले पछितो गरिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “तिम्रा पुर्खाहरूले जब मलाई रिस उठाए, मैले तिनीहरूमाथि विपत्ति ल्याउने उपाय बनाएँ र त्योअनुसार मन नबदलीकन काम गरें। Viz kapitolaपवित्र बाइबल14 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। Viz kapitola |