Online Bible

- Reklamy -




जकरिया 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले आफ्ना हृदय चकमके ढुङ्गाझैँ कठोर बनाए; अनि तिनीहरूले नियमहरू सुन्‍न चाहेनन्, जुन सेनाहरूका याहवेहले आफ्नो आत्माद्वारा पहिलेका अगमवक्ताहरू मार्फत् पठाउनुभएको थियो। यसैकारण सेनाहरूका याहवेह अति क्रोधित हुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 सर्वशक्तिमान्‌ परमप्रभुले आफ्‍ना आत्‍माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिनुभएका व्‍यवस्‍था र वचन तिनीहरूले सुन्‍न मानेनन्, र आफ्‍ना हृदय चकमकको ढुङ्गाझैँ कड़ा बनाए। यसैकारण सर्वशक्तिमान्‌ परमप्रभु साह्रै रिसाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 र तिनीहरूका हृदयहरू ढुङ्गाजस्‍तो कठोर पारे। मैले आफ्‍नो आत्‍माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिएका शिक्षा सुन्‍न तिनीहरूले मानेनन्। यसकारण म साह्रै रिसाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिनीहरू हट्ठी थिए। तिनीहरूले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरूलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।

Viz kapitola kopírovat




जकरिया 7:12

Následuj nás:

Reklamy


Reklamy