जकरिया 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्ट गर्नेछ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्यो पस्नेछ, र त्यो घरभित्र रहनेछ र त्यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि म यो सराप पठाउनेछु र हरेक चोरको घर र मेरो नाममा शपथ खाई झूट बोल्ने हरेकको घरमा यो सराप पस्नेछ। ती घरहरूमा यो सराप रहनेछ र ध्वंस पार्नेछ।” Viz kapitolaपवित्र बाइबल4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘म यो पत्रलाई चोरहरूको घर अनि झूटा मानिसहरूको घरमा पठाउनेछु। जसले झूटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरू नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।’” Viz kapitola |