जकरिया 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि त्यस दिन याहवेहबाट ठूलो त्रास मानिसहरूमाथि पर्नेछ। हरेक मानिसले एक-अर्काको हात समात्नेछन् र तिनीहरू एउटाले अर्कोमाथि आक्रमण गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यस दिन परमप्रभुद्वारा मानिसहरूमा ठूलो त्रास आइलाग्नेछ। तिनीहरू हरेकले अर्काको हात समात्नेछ, र एउटाले अर्कालाई आक्रमण गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यस बेला परमप्रभुले तिनीहरूलाई यस्तो व्याकुल र भयभीत पार्नुहुनेछ कि तिनीहरू आपसमा एकले अर्कालाई अठ्याउँदै आक्रमण गर्नेछन्। Viz kapitolaपवित्र बाइबल13-15 त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ। त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसँग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोठ्नेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्। यहूदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्। Viz kapitola |