जकरिया 14:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यरूशलेमको विरुद्धमा लडाइँ गर्ने सबै राष्ट्रहरूलाई याहवेहले यस्तो विपत्तिले प्रहार गर्नुहुनेछ: तिनीहरू उभिरहेकै बेला तिनीहरूका मासु कुहेर झर्नेछन्। तिनीहरूका आँखाहरू खोपिल्टाभित्रै कुहुनेछन्; अनि तिनीहरूका जिब्राहरू तिनीहरूका मुखभित्रै कुहेर जानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यरूशलेमसित लडाइँ गर्ने जातिहरूमाथि परमप्रभुले एउटा खतरनाक रोग ल्याउनुहुनेछ। जीवित छँदै तिनीहरूका शरीरका मासु कुहेर झर्नेछ, तिनीहरूका आँखाहरू र जिब्रोहरू सडेर जानेछन्। Viz kapitolaपवित्र बाइबल12 तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ। Viz kapitola |