Online Bible

- Reklamy -




जकरिया 14:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 सम्पूर्ण देश गेबादेखि लिएर यरूशलेमको दक्षिणपट्टिको रिम्मोनसम्म नै अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ बेन्यामीनको मूलढोकादेखि पहिलो मूलढोकाको स्थानसम्म, कुनाको मूलढोकासम्म र हननेलको धरहरादेखि राजकीय दाखको कोलसम्म माथि अग्लोमा उठाइनेछ, र त्यसको आफ्नै ठाउँमा रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 गेबादेखि यरूशलेमको दक्षिण रिम्‍मोनसम्‍म सारा देश अराबाजस्‍तै हुनेछ। तर यरूशलेमचाहिँ अल्‍गो बनाइनेछ, र बेन्‍यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्‍म, कुने ढोकासम्‍म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्‍म आफ्‍नै ठाउँमा रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उत्तरमा गेबाबाट दक्षिणमा रिम्‍मोनसम्‍म सम्‍पूर्ण भूमि समतल बन्‍नेछ। त्‍यसका बीचमा यरूशलेम सहर बेन्‍यामीनको ढोकाबाट पुरानो ढोका भएको ठाउँ र कुनाको ढोकासम्‍म पुग्‍नेछ र फेरि हननेलको धरहराबाट राजाको दाखको कोलसम्‍म फैलिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरुभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ।

Viz kapitola kopírovat




जकरिया 14:10

Následuj nás:

Reklamy


Reklamy