जकरिया 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 “गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ; अनि म अगुवाहरूलाई दण्ड दिनेछु; किनकि सेनाहरूका याहवेहले आफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ; अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “मेरो रीस गोठालाहरूमाथि पर्छ, म अगुवाहरूलाई दण्ड दिनेछु, किनकि सर्वशक्तिमान् परमप्रभुले आफ्नो बगाल, यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ, र तिनीहरूलाई लड़ाइँको अहङ्कारी घोड़ाझैँ बनाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजामाथि शासन गर्ने विदेशीहरूसित म रिसाएको छु र म तिनीहरूलाई सजाय दिनेछु। यहूदाका बासिन्दाहरू मेरा प्रजा हुन् र म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको हेरचाह गर्नेछु। तिनीहरू मेरा बलिया जङ्गी घोडाहरू बन्नेछन्। Viz kapitolaपवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।) Viz kapitola |