श्रेष्ठगीत 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर मेरी ढुकुर, मेरी सर्वश्रेष्ठ, तिनी विशेष छिन्; तिनकी आमाकी एउटी मात्र, मनपर्दो सन्तान हुन्। कन्याहरूले तिनलाई देखे, र तिनलाई आशिषित भने; रानीहरू र उपपत्नीहरूले तिनको प्रशंसा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्, तिनकी आमाकी एउटै र मन परेकी छोरी। कन्याहरूले तिनलाई देखे र भाग्यमानी भने, रानीहरू र भित्रिनीहरूले तिनको प्रशंसा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर म त एउटैलाई प्रेम गर्छु, त्यो ढुकुरजस्तै सुन्दरी छ। त्यो आफ्नी आमाकी एउटै छोरी हो: आमाकी अति प्रिय छोरी! सबै स्त्रीहरूले तिनलाई देखेर प्रशंसा गर्छन्, रानीहरू र रखौटीहरूले तिनको प्रशंसा गाउँछन्। Viz kapitolaपवित्र बाइबल9 तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन्, मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन्, ती आमाकी प्रसिद्ध नानी, जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे। Viz kapitola |