रूथको पुस्तक 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब उनी सुत्छन्, उनी सुतेको ठाउँ याद गर। त्यसपछि जाऊ र उनको खुट्टाको ओढ्ने उठाऊ, र ढल्क। त्यसपछि के गर्नुपर्छ उनले नै तिमीलाई बताउनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनी सुत्न जाँदा तिमीले तिनको सुत्ने ठाउँ हेरिराख। त्यसपछि गएर तिनको खुट्टापट्टिको ओढ्ने उठाएर त्यहीँ ढल्क। तब तिमीले के गर्नुपर्नेछ सो तिनले नै भन्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनी कहाँ सुत्छन्, याद गर। निदाएको बेलामा छेउमा गएर उनको खुट्टापट्टि उनकै ओढ्ने ओढेर सुत। तब तिमीले के गर्नुपर्छ, सो उनैले भन्नेछन्।” Viz kapitolaपवित्र बाइबल4 तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढ्ने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।” Viz kapitola |