रोमी 9:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 जसरी यशैयाले पहिल्यै भविष्यवाणी गरेका थिए: “सर्वशक्तिमान् प्रभुले हाम्रा लागि सन्तान नछोड्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, र गमोराजस्ता बन्नेथियौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यशैयाले यो भविष्यवाणी गरेका छन्, “सेनाहरूका परमप्रभुले हाम्रा निम्ति सन्तान नछोड्नुभएको भए हामी सदोमजस्तै हुनेथियौं, र गमोरासमान बन्नेथियौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यो पनि यशैयाले पहिले नै भनेका छन्, “यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा लागि केही सन्तान बाँकी नराख्नुभएको भए हामी इस्राएलीहरू परमेश्वरको सजायले सदोम र गमोराका मानिसझैँ नाश हुनेथियौं,।” Viz kapitolaपवित्र बाइबल29 यस्तै कुरा यशैयाले भनेः “परमप्रभु सर्व-शक्तिमान हुनुहुन्छ, प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो। यदि उहाँले त्यसो नगर्नु भएको भए, अहिले हामी सदोम, र गमोरा जस्तै हुने थियौं।” Viz kapitola |